बाँकेमा थप पाँच सङ्क्रमितको मृत्यु
बाँके। बाँकेका अस्पतालमा भर्ना भएका थप पाँच सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेका दुई र बाहिरी जिल्लाका तीनजना रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्दका स्रोत व्यक्ति तेज वलीले बताए। उनका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका नेपालगञ्जका ८७ वर्षीय पुरुष, लमजुङका ३१ वर्षीय पुरुष र कैलाली घोडाघोडी नगरपालिकाका ४० वर्षीया महिलाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्