आज काठमाडौं उपत्यकामा १,२६३ जनामा सङ्क्रमण
काठमाडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा १,२६३ जनामा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज दिइएको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा सर्वाधिक थप ८९० जनामा, भक्तपुरमा १२१ जनामा र ललितपुरमा २५२ जनामा कोरोना सङ्क्रमण देखिएको हो। यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको २६.५२ प्रतिशत हो। यो दर घट्ने क्रममा छ, अर्थात् उपत्यकाभन्दा बाहिर सङ्क्रमण बढ्दो छ।
प्रतिक्रिया दिनुहोस्