निषेधाज्ञा उल्लंघन गर्ने २,७२० वटा सवारी साधन प्रहरीको नियन्त्रणमा काठमाडौं। पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २,७२० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तीमध्ये १,३० वटा गाडी र १,६९० वटा मोटरसाइकल रहेका छन्। नियन्त्रणमा लिइएका सवारी साधनहरूलाई आवश्यक सोधपुछपश्चात् छोडिने गरिएको प्रहरीले जनाएको छ। विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा सवारी साधन नियन्त्रणमा लिइएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्