काठमाडौं उपत्यकामा कोरोना सङ्क्रण घट्दो : सक्रिय सङ्क्रमित साढे २५ हजार काठमाडौं। हालसम्म काठमाडौं उपत्यकामा २५,५९५ सक्रिय सङ्क्रमित छन्। यसमध्ये काठमाडौंमा १४,७९५, ललितपुरमा ६,३९१ र भक्तपुरमा ४,४०९ सक्रिय सङ्क्रमित छन्। हालसम्म काठमाडौंमा १,८८,२२८, ललितपुरमा ३३,३३२ र भक्तपुरमा १९,९०९ जना सङ्क्रमित भइसकेका छन् भने तीनै जिल्लामा क्रमशः १६१९, ४३८ र ३२४ जना सङ्क्रमितको मृत्यु भइसकेको छ। निको हुनेमा काठमाडौंमा १,७१,८१४, ललितपुरमा २६,५०३ र भक्तपुरमा १५,१७६ जना छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्