काठमाडौं जिल्लामा कोभिड-१९ : सक्रिय सङ्क्रमित सङ्ख्या घट्दो काठमाडौं। आज मात्र काठमाडौँ जिल्लामा ८९० जनामा कोरोना सङ्क्रमण देखिएको छ। जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १४,७९५ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म काठमाडौँ जिल्लामा १,६१९ जना (०.८६ प्रतिशत)ले ज्यान गुमाइसकेका छन् भने कूल सङ्क्रमितको सङ्ख्या १,८८,२२८ पुगेको छ। यसमध्ये १,७१,८१४ जना (९१.२८ प्रतिशत) सङ्क्रमणबाट मुक्त भइसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्