घटेन ब्राजिलमा कोरोना संक्रमणको त्रास एजेन्सी। ब्राजिलमा कोरोनाबाट हुने मृत्युमा कमी आएको छैन। आइतबार त्यहाँ ८७४ जनाको ज्यान गएको छ। योसँगै ब्राजिलमा कोरोनाका कारण करिब ४ लाख ६२ हजार जनाको ज्यान गएको छ। भ्याक्सिन लगाउन सुरु गरिए पनि त्यहाँ आइतबार एकै दिन ४० हजारभन्दा बढी संक्रमित भेटिए। ब्राजिलमा हालसम्म १ करोड ६५ लाखभन्दा बढी संक्रमित भएका छन्। त्यहाँका अस्पतालहरूले बिरामीको चाप थेग्न मुस्किल परेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्