पेरुमा भनिएकोभन्दा दोब्बर बढीको कोरोनाबाट मुत्यु एजेन्सी। पेरुमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या यसअघि भनिएकोभन्दा दोब्बर बढी देखिएको छ। अद्यावधि गरिएको तथ्यांकअनुसार पेरुमा मृत्यु हुनेको संख्या एक लाख ८० हजार ७६४ छ। यसअघि पेरुमा ६९ हजार ३४२ जनाको मृत्यु भएको तथ्यांक थियो। पेरु ल्याटिन अमेरिकामा कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशमा पर्छ । कमजोर स्वास्थ्य प्रणाली र अक्सिजनको अभावका कारण हजारौंले ज्यान गुमाएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्