कोरोना देखिएपछि चीनको ग्वान्झाउमा लकडाउन
एजेन्सी। चीनको दक्षिणी प्रान्त ग्वान्झाउमा लकडाउन गरिएको छ। कोभिड–१९ का ११ जना नयाँ संक्रमित भेटिएपछि लकडाउन गरिएको हो। ग्वान्झाउको जनसंख्या १५ लाख छ। लकडाउनबाट जनजीवन कति प्रभावित हुन्छ र कति कडा नीति लिइएको छ भन्ने खुलाइएको छैन। ग्वान्झाउमा हालसम्म ३० जनाभन्दा बढीमा संक्रमण देखिएको छ। सो क्षेत्रमा मास्क लगाउन अनिवार्य गरिएको छ भने परीक्षण तीव्र बनाइएको छ।
प्रतिक्रिया दिनुहोस्