भारतमा भेटिएका कोरोनाका नयाँ भेरियन्टको नयाँ नाम कप्पा र डेल्टा काठमाडौं। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका विभिन्न भेरियन्टको नयाँ नामाकरण गरेको छ। भारतमा पहिलोपटक भेटिएको भाइरस बी.१.६१७.२ भेरियन्टलाई डेल्टा नाम दिइएको छ भने अर्को भेरियन्ट बी.१.६१७.१ लाई कप्पा नाम दिइएको छ। कोरोनाका यी भेरियन्टको पुष्टि सबैभन्दा पहिले गत अक्टोबरमा भारतमा भएको थियो। डब्लुएचओले अल्फाबेटका आधारमा संसारमा भेटिएका नयाँ भेरियन्टको नाम दिएको हो। यसअघि भारतीय भेरियन्ट भनेकोमा भारतले आपत्ति जनाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्