प्यालेस्टाइनलाई रुसले स्पुतनिक लाइट भ्याक्सिन दिने
एजेन्सी। रुसले प्यालेस्टाइनलाई सिंगल डोजको स्पुतनिक लाइट भ्याक्सिन दिने भएको छ। रुसले इजरायलको विरोध र प्यालेस्टाइनको समर्थन गर्दै आएको छ। यही कारण पनि रुसले नयाँ निर्माण गरेको भ्याक्सिन स्पुतनिक लाइट प्यालेस्टाइनलाई दिएर इजरायलप्रति विमति जनाएको हो। सिंगल डोजको भ्याक्सिन ७९.४ प्रतिशत प्रभावकारी रहेको बताइन्छ। दुई डोज लगाउनु पर्ने अन्य भ्याक्सिनभन्दा स्पुतनिक लाइट बढी प्रभावकारी रहेको रुसको दाबी छ।
प्रतिक्रिया दिनुहोस्