सिंगापुरले आफ्ना नागरिकलाई नेपालको भ्रमण नगर्न दियो निर्देशन काठमाडौं। सिंगापुरले आफ्ना नागरिकलाई अर्को सूचना जारी नभएसम्म नेपालको भ्रमण नगर्न ट्राभल एड्भाइजरी जारी गरेको छ। नेपालमा कोरोना सङ्क्रमण बढेकोले उच्च जोखिम रहेको जनाउँदै सिंगापुरको स्वास्थ्य मन्त्रालयले आफ्ना नागरिकलाई नेपाल, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका नजान भनेको हो। सिंगापुरले यसअघि नै नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा अस्थायी रोक लगाइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्