आइएमई फाउन्डेसनद्वारा तीन करोडबराबरको स्वास्थ्य उपकरण सहयोग काठमाडौं। आईएमई फाउन्डेसनले कोभिड-१९ को रोकथाम तथा उपचारका लागि तीन करोड रूपैयाँ मूल्यबराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई प्रदान गरेको छ। फाउन्डेसनका संरक्षक तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध्यक्ष तथा आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले मंगलबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई संयुक्त रूपमा ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्