चीनको सिनोभ्याक खोपले पायो डब्लुएचओको स्वीकृति
एजेन्सी।विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले चीनले बनाएको कोरोनाविरुद्धको खोप सिनोभ्याकलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ।डब्लुएचओबाट स्वीकृति प्राप्त गर्ने यो चीनको दोस्रो खोप हो। यसअघि डब्लुएचओले सिनोफार्मलाई आकश्मिक प्रयोगका लागि स्वीकृति दिएको थियो।स्वीकृति नपाएपनि यो खोप विश्वका विभिन्न देशमा प्रयोगमा आइसकेको छ।यो खोप १८ वर्षमाथिकाले लगाउन मिल्ने डब्लुएचओले जनाएको छ।सुरक्षा, प्रभावकारिता तथा उत्पादन सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड सिनोभ्याकले पूरा गरेको डब्लुएचओले बताएको छ।
प्रतिक्रिया दिनुहोस्