भारतमा भेटिएको कोरोनाको एक स्ट्रेनप्रति डब्लुएचओको चिन्ता
एजेन्सी। भारतमा भेटिएको कोरोना भाइरसको डेल्टा भेरियन्ट चिन्ताको विषय भएको डब्लुएचओले बताएको छ। डब्लुएचओले भारतमा भेटिएका अन्य दुई भेरियन्ट भने त्यतिधेरै घातक नभएको बताएको छ। भारतमा कोरोनाको दोस्रो लहर आउनुमा बी.१.६१७ भेरियन्ट जिम्मेवार मानिएको छ। यो ट्रिपल म्युटेन्ट भेरियन्ट हो । किनकि यो तीन लिनिएजमा विभाजित हुन्छ । गत महिना डब्लुएचओले यसलाई भेरियन्ट अफ कन्सर्न बताएको थियो।
प्रतिक्रिया दिनुहोस्