भ्याक्सिन प्रभावः इजरायल संक्रमण मुक्त, बेलायत नियन्त्रणउन्मुख एजेन्सी। इजरायलमा ८० प्रतिशत वयस्कले भ्याक्सिन लगाइसके भने बेलायतमा भ्याक्सिनेसन तीव्र पारिएको छ। यही कारण इजरायलमा अहिले दैनिक बढीमा १५ जना संक्रमित भेटिन्छन् भने बेलायतमा मंगलबार कोरोनाका कारण एकजनाको पनि मृत्यु भएन। इजरायलमा कोरोना नियन्त्रण हुनुको कारण हर्ड इम्युनिटी मानिएको छ। अब त्यहाँ मास्कबाहेक कुनै पनि प्रतिबन्ध छैन। १० महिनाको अवधिमा बेलायतमा मंगलबार एकजनाले पनि कोरोनाका कारण ज्यान गुमाउनु परेन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्