जेठ २५ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप काठमाडौं। सरकारले यही जेठ २५ गतेदेखि कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० देखि६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार मङ्गलबार मात्र चीनबाट नौ लाख मात्रा ‘भेरोसेल’ खोप आएको र आज थप एक लाख मात्रा तिब्बत सरकारबाट आउनेछ।रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्