सेती अस्पतालमा कोरोना सङ्क्रमित ४५ बिरामी भर्ना
काठमाडौँ। कोराना सङ्क्रमणकबाट बिरामी ४५ जना आज सेती अस्पतालमा भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी गराएका छन्। भर्ना भएकामध्ये ११ जना आईसीयुमा, तीनजना भेन्टिलेटरमा र बाँकी सङ्क्रमितलाई अक्सिजन दिएर राखिएको उनले बताए। आज अस्पतालमा कञ्चनपुरका २९ वर्षीय पुरुषको सङ्क्रमणका कारण मृत्यु भएको उनले जनाए।
प्रतिक्रिया दिनुहोस्