काभ्रेपलान्चोकमा दुई हजार २१५ जना संक्रिय संक्रमित धुलिखेल। कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता काभ्रेपलान्चोक जिल्लामा हाल दुई हजार २१५ जना संक्रिय संक्रमित रहेका छन्। कुल संक्रमितमध्ये ९४ दशमलव ५९ प्रतिशत अर्थात् दुई हजार ९५ सङ्क्रमित होम आइसोलेसनमा उपचाररत छन्। हालसम्म जिल्लाका १३६ कोरोना संक्रमितको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्