स्काउटले सुरु गर्यो उपत्यकामा शव व्यवस्थापन
काठमाडौं। नेपाल स्काउटले काठमाडौं उपत्यकामा शव व्यवस्थापनको काम सुरु गरेको छ। स्काउटको बाग्मती प्रदेशका संयोजक केशरत्न बर्जचार्यको नेतृत्वमा ग्राण्डी अस्पतालमा उपचारत ५८ वर्षीय पुरुषको शव व्यवस्थापन गरेको हो। पछिल्लो समयमा शव व्यवस्थापनमा कठिन भइरहँदा नेपाली सेनासँगको सहकार्यमा विभिन्न प्रदेश स्काउटले शव व्यवस्थापनको काम गर्दै आएको स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बताए।
प्रतिक्रिया दिनुहोस्