बेलायती मिडियाले भने– नेपालको भेरिएन्ट डरलाग्दो, डब्लुएचओले गर्‍यो खण्डन– नेपालमा नयाँ भेरिएन्ट फेला परेको छैन काठमाडौं।बेलायती मिडियाले नेपालमा भेटिएको कोरोनाको नयाँ भेरिएन्ट निकै खतरनाक रहेको समाचार प्रकाशित गरेपछि विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले त्यसको खण्डन गरेको छ। डब्लुएचओको नेपालस्थित कार्यालयले ट्वीटर मार्फत उक्त कुराको खण्डन गर्दैै भनेको छ, “नेपालमा सार्स–कोभ–२ को नयाँ भेरिएन्ट फेला परेको भन्ने कुरा जानकारीमा छैन । नेपालमा रहेका भेरिएन्टहरु अल्फा, डेल्टा र कप्पा हुन्। यी तीनमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा हो।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्