महोत्तरीमा निषेधाज्ञा लम्बियो
महोत्तरी। डीसीसीएमसीको बैठकले महोत्तरीमा निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी गराए। जेठ २० गते राति १२ बजेसम्मको निषेधाज्ञालाई लम्ब्याएर जेठ ३१ गते राति १२ बजेसम्म पुर्याईएको उनले बताए। अति आवश्यक सवारीसाधन, खाद्यान्न पसल र बैंक तथा वित्तीय संंस्थाबाहेक अन्य सबै बन्द हुने गरी निषेधाज्ञा थप गरीएको उनले जानकारी गराए।
प्रतिक्रिया दिनुहोस्