नेपालमा नयाँ प्रजातिको कोरोना भेटिएको खबर गलतः स्वास्थ मन्त्रालय
काठमाडौं। सरकारले नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस भेटिएको खबर गलत भएको बताएको छ। एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले हाल नेपालमा भेरियन्ट अफ कन्सर्नमा अल्फा र डेल्टा बाहेक कुनैपनि भेरियन्ट नभेटिएको स्पष्ट पारेको हो। अन्तराष्ट्रिय सञ्चार माध्याममा आएका समाचारहरु निराधार रहेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्