निषेधाज्ञा उल्लंघन गर्ने ८११ जनालाई ८१ हजारभन्दा बढी जरिवाना काठमाडौं। कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ८११ जनालाई प्रहरीले कारवाही गरेको छ। उनीहरूलाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम कारवाही गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई ८१,१०० रूपैयाँ जरिवाना गरिएको छ। निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन प्रहरीले अनुगमनलाई तीव्रता दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्