कुन प्रदेशमा कति छन् होम आइसोलेसनमा? काठमाडौँ। आज देशभर कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर १,०१,८३९ पुग्दा देशभर ९४,९०९ जना होम आइसोलेसनमा रहेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअनुसार सबैभन्दा बढी ३७,९२६ जना बागमतीमा र त्यसपछि १५,८३५ जना लुम्बिनी प्रदेशमा छन्। त्यस्तै, प्रदेश १ मा १२,४५८, प्रदेश २ मा ७,३०३, गण्डकी प्रदेशमा १०,६९२, कर्णाली प्रदेशमा ३,८३१ र सुदूरपश्चिममा ६,८६५ जना होम आइसोलेसनमा रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्