रसुवा अस्पतालमा भेन्टिलेटर रसुवा। रसुवा अस्पतालमा भेन्टिलेटर उपलब्ध भएको छ। भेन्टिलेटरसमेतका स्वास्थ्य सामग्री निवर्तमान सांसद मोहन आचार्यले कोभिड नियन्त्रण व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन्। रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालका अनुसार सांसद आचार्यले मिनी भेण्टिलेटर चार थान, पाँच वटा शय्या,अक्सिमिटर ३० वटा र सर्जिकल मास्क तीन हजार गरी १६ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्