बाँकेमा थप चार संक्रमितको मृत्यु काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट बाँके जिल्लामा हिजो साँझदेखि बिहानसम्म चार संक्रमितले ज्यान गुमाएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी गराए। बर्दियाका ६८ वर्षीय पुरुष, सल्यानका २७ वर्षीय पुरुष, प्युठानका ४७ वर्षीया महिला र दाङका ४८ वर्षीय पुरुष गरी चार जनाको मृत्यु भएको हो। यसैगरी बाँकेमा जिल्लामा अहिलेसम्म ६०२ जना संक्रमितको मृत्यु भएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्