नेपालको खण्डनपछि गार्जियनले समाचार सच्यायो, भन्यो–नेपालमा नयाँ भेरिएन्ट पुष्टि भएको छैन काठमाडौं।बेलायती अखबार गार्जियनले नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट चिन्ताको विषय भएको भन्ने समाचार सच्याएको छ।उसले भारतीय भेरिएन्ट डेल्टा नै नेपालमा भयवाह ढंगले फैलिएको उल्लेख गरेको छ।पब्लिक हेल्थ इङ्ल्यान्डलाई उदृत गर्दै उक्त अखबारले नेपाल भेरिएन्ट भन्ने कुरा अहिले अनुसन्धानमा नभएको लेखेको छ। बिहीबार अखबारले भाइरसको नेपाली भेरिएन्ट बेलायतमा फैलिएको र नेपालबाट पुगेका केही मानिसमा त्यसको पुष्टि भएको दाबी गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्