सेती अस्पतालमा थप दुई संक्रमितको मृत्यु
पोखरा। सेती प्रदेशिक अस्पतालमा थप दुई जना संक्रमितको मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी गराए। कैलालीका ५० र ५७ वर्षीय दुई जना पुरुषको आज मृत्यु भएको उनले बताए। उनका अनुसार अस्पतालमा हालसम्म ४८ जना संक्रमित भर्ना भएका छन्, जसमध्ये १४ जना आईसीयुमा र ३ जना भेन्टिलेटरमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस्