आज थप १०१ कोरोना सङ्क्रमितको मृत्यु
काठमाडौँ। कोरोनासम्बन्धी कारणले आज १०१ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा ७,७३१ जनाले ज्यान गुमाइसकेका छन्। नेपालमा कूल कोरोना सङ्क्रमितमध्ये १.३३ प्रतिशतले ज्यान गुमाएका छन्। केही दिनयता यो प्रतिशत बढ्दो क्रममा छ।
प्रतिक्रिया दिनुहोस्