काठमाडौं उपत्यकामा कोरोना सङ्क्रण केही घट्दो : सक्रिय सङ्क्रमित साढे २३ हजार काठमाडौं। हालसम्म काठमाडौं उपत्यकामा २३,६२४ सक्रिय सङ्क्रमित छन्। यसमध्ये काठमाडौंमा १३,९६७, ललितपुरमा ५,६०९ र भक्तपुरमा ४,०४८ सक्रिय सङ्क्रमित छन्। हालसम्म काठमाडौंमा १,९२,७८४, ललितपुरमा ३४,५१८ र भक्तपुरमा २०,६२२ जना सङ्क्रमित भइसकेका छन् भने तीनै जिल्लामा क्रमशः १६७८, ४६४ र ३३१ जना सङ्क्रमितको मृत्यु भइसकेको छ। निको हुनेमा काठमाडौंमा १,७७,१३९, ललितपुरमा २८,४४५ र भक्तपुरमा १६,२४६ जना छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्