काठमाडौं जिल्लामा कोभिड-१९ : दैनिक र सक्रिय सङ्क्रमित घट्दो
काठमाडौं। आज मात्र काठमाडौँ जिल्लामा ८९७ जनामा कोरोना सङ्क्रमण देखिएको छ। जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १३,९६७ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म काठमाडौँ जिल्लामा १,६७८ जना (०.८७ प्रतिशत)ले ज्यान गुमाइसकेका छन् भने कूल सङ्क्रमितको सङ्ख्या १,९२,७८४ पुगेको छ। यसमध्ये १,७७,१३९ जना (९१.८८ प्रतिशत) सङ्क्रमणबाट मुक्त भइसकेका छन्।
प्रतिक्रिया दिनुहोस्