अमेरिकाले जुनपछि विश्वभर ८ करोड डोज कोरोना खोप वितरण गर्ने काठमाडौं।अमेरिकाले यसै महिनाको अन्त्यपछि विश्वभर ८ करोड डोज कोरोना खोप वितरण गर्ने जनाएको छ।ह्वाइट हाउसले वितरण गरिनेमध्ये ७५ प्रतिशत खोप कोभ्याक्स सुविधा अन्तर्गत विभिन्न देशहरुलाई प्रदान गरिने जनाएको छ। पहिलो चरणमा २ करोड ५० लाख डोज खोप अति आवश्यक परेका नेपाल लगायतका देशलाई उपलब्ध गराइने अमेरिकाले जनाएको छ।बाँकी २५ प्रतिशत खोप विशेष अनुरोध गरेका राष्ट्रलाई दिइने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्