भियतनामले दियो सिनोफार्मको खोपलाई अनुमति
काठमाडौं। भियतनामको स्वास्थ्य मन्त्रालयले चीनको औषधि निर्माता सिनोफार्म कम्पनीले निर्माण गरेको कोरोना विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। भियतनामका उपस्वास्थ्य मन्त्री ट्रुओङ क्वोक कुओङले सिनोफार्मको खोपलाई बिहीबार स्वीकृत गरेका हुन्। भियतनामले यसअघि अस्ट्राजेनिका र स्पुतनिक भी खोपलाई अनुमति दिइसकेको छ। गत अप्रिल महिनाको अन्त्यदेखि भियतनाममा कारोनाको संक्रमण उच्च देखिएको छ। रासस
प्रतिक्रिया दिनुहोस्