बाँकेमा दुई संक्रमितको मृत्यु बाँके। बाँकेका अस्पतालमा भर्ना भएका थप दुई कोरोना सङ्क्रमितको उपचारका क्रममा गएराति मृत्यु भएको छ। सङ्क्रमित बिरामीको उपचार भइरहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा दुईजनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति वलीले जानकारी दिए। उनका अनुसार कोहलपुर नगरपालिकाका ७० वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिकाका ७२ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्