गाउँका सबैमा कोरोना सङ्क्रमण, उपचारमा समस्या
डोटी। जिल्लाको आदर्श गाउँपालिका–१ चाँसी गाउँका प्रायः सबैमा कोरोना देखिएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार गाउँका ८५ जनाको कोरोना परीक्षण गर्दा ५२ जनामा सङ्क्रमण पुष्टि भएको हो। कोरोना जाँच नगरिएका अन्यमा पनि ज्वरो आउने तथा कोरोनासँग मिल्दोजुल्दो खालको लक्षण देखा परिरहेको बताइएको छ। सिङ्गो गाउँ नै कोरोना सङ्क्रमणको चपेटामा परेपछि उपचारमा समस्या भएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन्। रासस
प्रतिक्रिया दिनुहोस्