काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमण घट्दै : सक्रिय सङ्क्रमित २२ हजार काठमाडौं। हालसम्म काठमाडौं उपत्यकामा २२,०४४ सक्रिय सङ्क्रमित छन्। यसमध्ये काठमाडौंमा १३,१५९, ललितपुरमा ५,११८ र भक्तपुरमा ३,७६७ सक्रिय सङ्क्रमित छन्। हालसम्म काठमाडौंमा १,९३,५०७, ललितपुरमा ३४,६५९ र भक्तपुरमा २०,६९५ जना सङ्क्रमित भइसकेका छन् भने तीनै जिल्लामा क्रमशः १६७६, ४७५ र ३३४ जना सङ्क्रमितको मृत्यु भइसकेको छ। निको हुनेमा काठमाडौंमा १,७८,६६२, ललितपुरमा २९,०६६ र भक्तपुरमा १६,५९४ जना छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्