तेस्रो लहरसँग जुध्न दिल्ली सरकारले अस्पतालमा १२ हजार श्यया थप्ने
एजेन्सी। कोरोनाको सम्भावित तेस्रो लहरसँग जुध्न दिल्लीका अस्पतालहरुमा ३६ हजार श्यया हुने दिल्ली सरकारले बताएको छ। तेस्रो लहर नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गरिने पनि सरकारको भनाई छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले शुक्रबार विशेषज्ञ तथा तयारी समितिसँग संक्रमणको वर्तमान अवस्था र सम्भावित खतराबारे समीक्षा बैठक गरेका थिए। दिल्लीमा अहिले साढे २४ हजार कोरोना बेड उपलब्ध छ।
प्रतिक्रिया दिनुहोस्