बाँकेमा कोरोनाबाट थप चार जनाको मृत्यु
नेपालगञ्ज। कोरोनाबाट बाँकेमा उपचाररत थप चारजनाको मृत्यु भएको छ। बाँके र बर्दियाका दुई–दुई जना संक्रमतिको मृत्यु भएको हो।
बर्दिया बाँसगढी नगरपालिका–९ का ३९ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका–२ का ५५ वर्षीय पुरुष, बाँके बैजनाथ गाउँपालिका–३ का ३३ वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका–१ का ४५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१३ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्