कोरोनाको कारण पर्सामा १२९ जनाको मृत्यु पर्सा। कोरोनाको दोस्रो लहर सुरु भएसँगै पर्सा जिल्लामा कोरोनाको कारण १२९ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी गराए। उनका अनुसार जिल्लामा हालसम्म ६१८ जना सक्रिय संक्रमित रहेका छन्। विभिन्न अस्पतालमा जम्मा संक्रमितमध्ये उपचाररत १३१ जना छन् भने बाँकी ४८७ जना होम आइसोलेसनमा बसेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्