विराटनगरको बाल सुधार गृहमा २२ जनामा कोरोना संक्रमण मोरङ। विराटनगरको बाल सुधार गृहमा ५० जनाको कोरोना परीक्षण गर्दा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको बाल सुधार गृहका अध्यक्ष मिलन चौहानले जानकारी गराए। ५० जनाको क्षमता भएको सुधार गृहमा १९३ जना बालबालिका राखिएको थियो। जम्मा बालबालिकाहरू मध्ये २२ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए। संक्रमितलाई उपचारको लागि विराटनगर महानगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा राखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्