देशभर सक्रिय कोरोना संक्रमितको संख्या ८९ हजार २१७
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभर सक्रिय कोरोना संक्रमितको संख्या ८९ हजार २ सय १७ रहेको बताएको छ। संक्रमित मध्ये ८२ हजार ७ सय ३ जना होम आइसोलेसनमा रहेका छन्। यस्तै, ६ हजार ५१४ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन्। संक्रमितमध्ये १ हजार ४४२ जनाको उपचार आइसीयूमा भइरहेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्