संक्रमितभन्दा संक्रमणुक्त हुनेको संख्या उच्च
काठमाडौं। पछिल्लो एक सातामा कोरोना संक्रमण हुनेभन्दा निको हुनेको संख्या ८ प्रतिशतभन्दा बढी देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक सातामा १ लाख २६ हजार ८५२ जनाको परीक्षण गर्दा ३८ हजार १६२ जनामा कोरोना संक्रमण देखिएको थियो। अर्थात् परीक्षण गर्नेमध्ये ३०.०८ प्रतिशतमा कोरोना पुष्टि भएको थियो। सोही अवधिमा ५० हजार ५४ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्