पछिल्लो एक सातामा परीक्षण गरिएकामध्ये ३० प्रतिशतभन्दा बढीमा संक्रमण
काठमाडौं। पछिल्लो एक सातामा देशभर गरिएको कोरोना परिक्षणमध्ये ३०.०८ प्रतिशतम संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सो अवधिमा १ लाख ६९३ जनाको पीसीआर र २६ हजार १५९ जनाको एन्टीजेन गरी कूल १ लाख २६ हजार ८५२ जनाको परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ३८ हजार १६२ जनामा अर्थात ३०.०८ प्रतिशतमा कोरोना देखिएको थियो।
प्रतिक्रिया दिनुहोस्