बाँकेमा थप चार जना संक्रमितको मृत्यु बाँके। बाँकेका अस्पतालमा कोरोना संक्रमित थप चार जनाको मृत्यु भएको छ। ती संक्रमितको उपचार भइरहेको नेपालगन्जस्थित भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको जिल्लाका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए। योसँगै हालसम्म बाँकेमा कोरोना संक्रमणका कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका ३१३ र जिल्लाकै ३०२ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्