कोरोनाबाट २४ घन्टामा ७ हजार बढीको मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा ७ हजार ९० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी भारतमा २ हजार ४४५ जना छन् भने ब्राजिलमा ८६६ जनाको मृत्यु भएको छ। यसैगरी कोलम्बियामा ५३९, रुसमा ३५१, अर्जेन्टिनामा ३४७, अमेरिकामा १६१, इरानमा १२२, मेक्सिकोमा १८६, इन्डोनेसियामा १६३, चिलीमा १२१, फिलिपिन्समा १६६, नेपालमा ९९, रोमानियामा ९० जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्