हुम्लामा १ हजार दुई सय भन्दा धेरै संक्रमित हुम्ला। कोरोनाको दोस्रो लहर सुरु भएसँगै हुम्लामा हालसम्म १ हजार २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी गाणेश आचार्यले जानकारी गराए। संक्रमित मध्ये १ हजार १७३ जना निको भएका छन् भने ७७ जना सक्रिय संक्रमित छन्। संक्रमणका कारण जिल्लामा अहिलेसम्म एक जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्