जटिल किसिमको शल्यक्रिया गरिएका संक्रमित पुरुष अस्पतालबाट डिस्चार्ज
धरान। वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल किसिमको शल्यक्रिया गरिएका एक कोरोना संक्रमित पुरुष अस्पतालबाट डिस्चार्ज भएका छन्। झापाका ३८ वर्षीय उनको जेठ ११ गते घरको भित्ता प्लाष्टर गर्ने क्रममा ६ फिट लामो रड झर्दा छातीको देब्रेपट्टी कोखामा छिरेको थियो। सोही दिन नै उनको सफलातापूर्वक शल्यक्रिया गरी स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएपछि जेठ २२ गते डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्