नुवाकोटमा एक हजारभन्दा धेरै संक्रमित नुवाकोट। कोरोनाको दोस्रो लहर सुरु भएसँगै नुवाकोटमा आजसम्ममा एक हजार ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलालले जानकारी गराए। उनका अनुसार गत २४ घण्टामा ११ जना संक्रमित निको भएका छन्। आजसम्म कोरोनाको कारण नुवाकोटमा २९ जना संक्रमितको मृत्यु भइसकेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्