कास्कीमा कोराना संक्रमितको संख्या दश हजार नाघ्यो
कास्की। कोरोनाको नयाँ भेरियन्टका कारण कास्की जिल्लामा आइतबारसम्म १० हजार ७५० जनामा संक्रमण पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी गराए। उनका अनुसार जिल्लामा आइतबार १३८ जना संक्रमित थपिएका थिए भने १२ जनाको मृत्यु भएको थियो। यो आइतबारसम्ममा मृत्यु हुनेको संख्या ३७३ पुगेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्