संक्रमणको कारण लुम्बिनी अस्पतलमा दुई दिनमा तीनको मृत्यु
बुटवल। लुम्बिनी अञ्चल अस्पतालमा कोरोना संक्रमणका कारण आज रुपन्देहीका ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी गराए। आइतबार कञ्चनटारकी ३४ वर्षीया महिला र अर्घाखाँचीका ९० वर्षीय पुरुष गरी दुई संक्रमितको मृत्यु भएको उनले बताए। आइतबार लुम्बिनीमा २७६ जनाको परिक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको थियो।
प्रतिक्रिया दिनुहोस्